BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोकमा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल क्रिकेट संघ सिन्धुपाल्चोक तदर्थ समितिका अध्यक्ष विजय कुमार धिताललाई हेलम्बु गाउँपालिकाले सम्मान गरेको छ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा गाउँपालिका खेलकुद समिति अध्यक्ष सुनिल तामाङको उपस्थितिमा धिताललाई सम्मान गरिएको हो ।
सिन्धुपाल्चोकमा क्रिकेट खेललाई संस्थागत गर्दै जिल्लास्तरमा खेलाडी उत्पादन, प्रतियोगिता सञ्चालन र क्रिकेटप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेका धितालले जिल्लाको क्रिकेट क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन निरन्तर काम गर्दै आउनुभएको छ। जिल्लामा क्रिकेटको संरचना विस्तारदेखि प्रतिभा पहिचान र खेलाडीलाई अवसर सिर्जना गर्न उहाँको योगदान उल्लेखनीय मानिएको छ ।

नेपाल क्रिकेट संघ क्यान द्वारा लिइएको लेभल १ कोच परीक्षामा समेत सफल भएका धिताल सिन्धु क्रिकेटको मात्र नभएर राष्ट्रिय खेल गतिविधिमा समेत योगदान पुर्याउनुभएको छ ।
त्यसैगरी, राष्ट्रिय स्तरमा सञ्चालन भएका विभिन्न घरेलु क्रिकेट लिगहरूमा पनि धितालले विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्नुभएको छ। नेपाल प्रिमियर लिगमा सहभागी भएर चर्चा कमाएको विराटनगर किङ्सको म्यानेजरको जिम्मेवारी सम्हाल्दै उहाँले व्यवस्थापन र खेल विकासमा समेत सक्रिय योगदान दिनुभएको थियो ।
सम्मान ग्रहणपछि धितालले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सिन्धुपाल्चोक क्रिकेटप्रतिको विश्वास र जिम्मेवारीका रूपमा लिएको बताउनुभयो । उहाँले जिल्लामा अझ धेरै युवालाई क्रिकेटमा जोड्दै सिन्धुपाल्चोकलाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित काम जारी राख्ने उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा जिल्लाको क्रिकेट विकासलाई अझ प्रभावकारी बनाउँदै अवसरको पहुँच गाउँ–गाउँसम्म पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
हेलम्बु गाउँपालिकाले क्रिकेट क्षेत्रमा निरन्तर योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै खेल विकासमा स्थानीय तहको साथ र सहकार्य रहने सन्देश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय