BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

भिमटार, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५५९ परिवारलाई ५४९३ रोपनी जमिनको अस्थायी निस्सा प्रदान गरिएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अस्थायी निस्सा वितरण गरेका हुन ।

कार्यक्रमको अवसरमा बोल्दै मन्त्री दुलालले देशमा लामो समय राजनीति गरेपनि गरिबी र  चरम शोषणको अन्त्य गर्न अझै बाँकी रहेको बताए । जमिन जोत्नेको र कमाउनेको हुनुपर्छ भनेर लामो समयको प्रयासपछि यहाँसम्म आउन सकेको उनले जानकारी दिए । वर्षौँ देखि जोतेको र भोगचलन गरिरहेको जमिन पाउनु कानुनी र नैसर्गिक अधिकार भएको मन्त्री दुलालले बताएका छन । अहिले दिइएको अस्थायी पुर्जाको विकल्प पूर्ण अधिकार सहितको लालपुर्जा नै रहेकाले तिनै तहका सरकार एक भएर लाग्नुपर्नेमा उनले जाेड दिए ।

सोही अवसरमा बोल्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जोतभोग गर्नेले जमिनको अधिकार पाउनुपर्नेमा जोड दिए । भूमिहीनहरूले भूमि प्राप्त गर्नुपर्छ भनेर गाउँपालिका पनि लागिरहेको उनले बताए ।

स्थानीय राम बहादुर दनुवारले बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको जमिनको निस्सा पाएकोका खुसी व्यक्त गरे । जमिनको निस्सा नहुँदा जमिन कसको हो भन्ने नै निर्क्यौल नहुँदा विवाद भइरहने उनले बताए ।

इन्द्रावती १२ को आयोजना र भूमि अधिकार आयोगको समन्वयमा कार्यक्रम भएको भूमि अधिकार आयोगका जिल्ला अध्यक्ष झम्क पराजुलीले जानकारी दिए । कार्यक्रममा जिल्ला नापी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय