सिन्धुप्रेस

नेपाल तीन सीमा नाका तातोपानीमा हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ । कोरोना संक्रमण फैलन नदिन भोटेकोशी गाउँपालिकाले दुई ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले सीमा क्षेत्र लिपिङको भन्सार यार्ड र नयाँ पुलमा हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । भोटेकोशी गाउँपालिका वडा नं ५ मार्मिङस्थित नयाँ पुलमा प्रहरी, सशस्त्रसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । वारपार गर्ने व्यक्तिहरूलाई मास्क वितरण र सेनिटाईनजर दिएर पठाईने गरिएको गाउँपालिकाले जनाएको छ ।

नयाँ पुलमा पास बिनाको गाडी ओहोरदोहोर गर्न दिईएको छैन । तापक्रम जाँचका लागि दुई थर्मो गन राखिएको छ ।

कोरोना नियन्त्रणका लागि भोटेकोशीमा कोभिड अस्पतालसमेत स्थापना गरिएको छ । एक डाक्टर र २ नर्ससहित रहेको अस्पतालमा ५ बेड राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!