चौतारा साँगाचोकगढी नगरपालिकाको कुविण्डे र कदमबासमा कोरोना संक्रमितको संख्या अत्यधिक हुन थालेपछि सो स्थानहरु शील गर्न नगरपालिकाले सिफारिस गरेको छ । नगरपालिकाको वडा नं ४ कुविण्डे र वडा नं ९ कदमबास शिल गर्न आज बैशाख २२ गते बसेको नगर स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । ।

निर्णयानुसार नगरपालिकाको वडा नं ४ (साबिक कुबिन्डे गाबिस ५,६,७,८ र ९) र वडा नं ९ कदमबास (साबिकका ९ वटै वडा)लाई शील गर्न र चौतारा बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गराउन जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!