
कोरोना संक्रमणको दोस्रो लहर बढेसँगैं भोटेकोसी गाउँपालिकाले निषेधाज्ञा लगाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । औषधि उपचारजस्ता अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन गाउँपालिकाले आग्रह गरेको हो । साथै पालिकाभित्र रहेका अत्यावश्यक बाहेकका सत्रै कार्यालयहरु आजैबाट बन्द गरिने भएको छ ।
पालिकाभित्र हुने सभा, सम्मेलन, जुलुस, धार्मिक कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्म्का लागि बन्द गरिएको छ । सार्वजनिक रुपमा गरिने विवाह, ब्रतबन्ध, काजक्रियामा स्वास्थ्य मापदण्ड अपनाई १५ जना भन्दा बढी भेला नहुन आग्रह गरिएको छ । औषधिजन्य पसल, खाद्य पसल र तरकारी पसलहरु बिहान ७ बजेदखि १० बजेसम्म र दिउँसो ४ देखि साँझ ७ सम्म खोल्न अनुमति दिइएको छ ।
काठमाडौं तथा शहरबाट आएकालाई घरभित्रै बस्न र अनिवार्य १० दिन क्वारेन्टिन बस्न पनि पालिकाले आग्रह गरेको छ ।