
सिन्धुपाल्चोकमा आज थप २६ जनालाई कोरोना पुष्टि भएको छ ।
हेलम्बु गाउँपालिकाका ९ जना, बाह्रबिसे नगरपालिकाका ३ जना, चौतारा साँगाचोकगढीका १० जना र सुनकोसीका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगैं जिल्लामा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ ।