मध्य भोटेकोशीको सेयर भर्न बाह्रविसे नगरपालिकाका दुर्गम गाउँबस्तीहरुबाट सर्वसाधारणहरु बजारमा झरेका छन् । एउटा गाडीको ८ देखि १० हजारसम्म भाडा तिरेर सेयर भर्न गाउँबाट बजार झर्न थालेका हुन् ।

स्थानीय प्रशासन र नगरपालिकाको आग्रहलाई बेवास्ता गदै निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशीले सिन्धुबासीका लागि साधारण सेयर निष्कासन गरेपछि सेयर भर्नका लागि बैंकहरुमा सर्वसाधरणहरुको भीड लागेको छ ।

बैंकहरुमा स्थानीयको भीड बढेपछि त्यसलाई नियन्त्रण गर्न र समन्वय गरिदिन आग्रह गर्दै बाह्रविसे बजार क्षेत्रमा रहेका बैंकका कर्मचारीहरु नगरपालिकामा पुगेका छन् ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले विद्युतीयमाध्यम इसेवाबाट सेयर भर्न मिल्ने बताएपनि गाउँका मान्छेहरुले यो सुविधा प्रयोग गर्न नजान्ने भएकाले प्रभावकारी नभएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिन बताउँछिन् ।

ग्लोबल आइएमइ बैक बाह्रविसेका शाखा प्रमुख कृष्णप्रसाद सापकोटा गाउँ गाउँबाट मान्छेहरु सयौको संख्यामा आउदा सेवा नै प्रदान गर्न नसकेको गुनासो गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!