कोभिडबाट बच्ने र बचाउने कार्यमा लाग्न नेकपा एमाले जिल्ला कमिटि सिन्धुपाल्चोकले आग्रह गरेको छ । जिल्ला अध्यक्ष बालकृष्ण देउजाले आज एक परिपत्र जारी गर्दै उक्त कुराको अनुरोध गर्नुभएको हो ।

कोभिड १९ को दोस्रो लहर बिश्व मानव जातिको प्रभाब पार्ने गरि हाम्रो सामु उपस्थित भएको छ । कोभिडले बिश्वमा मच्चाइरहेको आतंक संग जुध्न सामथ्र्यको लागी सबै मानव जातिको सामुहिक प्रयाश आवस्यक हुन्छ , परिपत्रमा भनिएको छ ।

मुलुक यति बेला कोभिडको महामारीमा छ, यसबाट सिन्धुपालचोक पनि प्रभाबित भएको छ , यस घडिमा सिनधुबासीको शुरक्षाको लागी सामुहिक प्रयास आवस्यक देखिन्छ । यसका लागी नेकपा एमाले, सबै राजनैतिक दल, स्थानिय सरकार र नागरिक समाज संग सहकार्य गर्न प्रतिबद्ध छ , परिपत्रमा भनिएको छ ।

कोभिडबाट बच्ने र बचाउने कार्यमा लाग्न नेकपा एमाले सिन्धुपाल्चोकले आफ्ना सम्पुर्ण पार्टि पंतिmलाइ निम्न कार्यमा जुट्न आग्रह गरेको छ

– पार्टिका सम्पुर्ण कार्यक्रमहरु भेला, बैठक, सभाहरु तत्कालका लागी बन्द गर्ने र डिजिटल माध्यम बाट मात्र गतिबिधि सन्चालन गर्ने ।

– जिल्ला कमिटिले हरेक शनिवार बेलुका ८ बजे बाट सञ्चालन गर्ने जुम बैठकमा कमिटिका जिम्मेवारहरु सहभागी हुने ।
– भिडभाड नगर्न, बिवाह, ब्रतबन्ध लगायतका जन्म मृत्यु संस्कारहरुमा सकेसम्म कम उपश्थित हुन अनुरोध गर्ने र भौतिक दुरी कायम गर्न लगाउने ।
– मानबिय उद्धार कार्यमा जुट्ने, खाद्यान्न, औषधी, अक्सिजनको यथोचित ब्यबस्थापनमा सहयोग पुर्याउने ।
– पालिकाहरु संगको सहकार्यमा सुबिधायुतm आइसोलेसन सेन्टरहरुको निर्माणमा सहयोग गर्ने ।
– निजि आवासको आइसोलेसनलाई प्रथमिकतामा राख्ने ।
– कोभिड बिरामीहरुको रेकर्ड राख्ने र सुचनाको आधारमा बिरामिहरुलाई उपचारमा सहयोग पुर्याउने ।
– कोभिड संक्रमणको बारेमा अतिसयोतिmपुर्ण समाचारहरुको प्रशारलाई निरुतसाहित गर्ने ।
– कोरोनाको संक्रमण र उपचारको पद्दतिका बारेमा सहि सुचना प्रवाह गर्ने ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!