
सिन्धुपाल्चोक जिल्लामा आज देखि पूर्ण रुपमा निषेधाज्ञा लागू गरेको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने भएको छ ।
चौतारामा आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यस अघि केन्दले जिल्लाका सडक आसपासमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सो को पूर्ण पालनासहित जिल्लाभर निषेधाज्ञा जारी गर्ने डीसीएमसीले निर्णय गरेको छ ।
जिल्लामा २ सय ६० बढीमा संक्रमण पुष्टि भइसकेको छ ।