
सिन्धुपाल्चोकमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेलम्ची नगरपालिकाका ५ जना, चौतारा नगरपालिकाका ७ जना, जुगलका ५ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगैं जिल्लमा कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ ।
कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भएको छ ।
यही कुरालाई ध्यानमा राख्दै आजदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म लागू हुने छ ।