सिन्धुपाल्चोकमा आज एकैदिन ३० जना कोरोना संक्रमित थपिदाँ १ जनाको मृत्यु भएको छ । एक सय ४८ जनाको स्वाब नमुना परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेमा मेलम्ची नगरपालिका १२ कि ७० वर्षीया महिला रहेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो स्वाब नमुना संकलन गरिएकी ती महिलाको हिजै राति मृत्यु भएको हो । मृत्यु भएपछि उनका परिवार तथा आफन्तले दाहसंस्कार समेत गरिसकेका छन् । दाहसंस्कार सकिएपछि आएको नतिजामा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

आज नयाँ संक्रमण हुनेमा मेलम्ची नगरपालिका १२ का मात्रै १८ जना रहेका छन् । हिजो १९ जनाको स्वाब नमुना संकलन गरिएकोमा १८ जनामा कोभिड पुष्टि भएको श्वास्थ्य कार्यालय , चौताराले जनाएको छ ।

त्यस्तै चौतारा सँगाचोकगढी नगरपालिका ११ का एक सय २ मध्ये ८ जनामा र जुगल १ बाँसखर्कको २७ जनाको परिक्षण गरिएकोमा ४ जना गरी कुल ३० जनामा कोभिड पुष्टि भएको हो ।

यो सँगै जिल्लामा हालसम्म ४४९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको कुल संख्या २० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!