कोरोनाका कारण इन्द्रावती गाउँपालिकामा एक बृद्धको ज्यान गएकाे छ । इन्द्रावती गाउँपालिका ४ का ७४ बर्षका बृद्धकाे हिजो राती ११ बजे ज्यान गएको हाे । एक्कासी १०४ डिग्री ज्वराे अाएपछि स्वासप्रस्वासमा समस्या भएकाे थियाे ।

कोरोना परिक्षणमा पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । मृतकको शव अहिले नेपाली सेनालाई जिम्मा दिएको छ । उक्त शवलाई धार्मिक परम्परा अनुसार परिवारले नै दाहासंस्कार गर्न पाउने र त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।

मृतकको घर वरिपरिको स्थानमा शिल्ड गर्ने र वरपरका स्थानीयहरुमा तिब्र रुपमा कन्ट्याक ट्रेसिङ गरिने गाउँपालिकाले जानकारी दिएको छ । साथै स्थानीयहरुलाई घर बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!