
कोरोना संक्रमणका कारण बृद्धको मृत्यू भएपछि इन्द्रावती गाउँपालिका वडा नम्बर ४ टाकुरे एक साताको लागी सिल गर्ने निर्णय गरेको छ ।
बिहिबार राती एक ७४ वर्षीय बृद्धको मृत्यु भएको थियो । कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।
मृतकको शव अहिले नेपाली सेना मार्फत धार्मिक परम्परा अनुसार परिवारले नै दाहासंस्कार गर्ने तयारी भएको छ ।
मृतकको घर वरिपरिको स्थानमा एक साता शिल गरी वरपरका स्थानीयहरुमा तिब्र रुपमा कन्ट्याक ट्रेसिङ गरिने गाउँपालिकाले जानकारी दिएको छ ।