
नवलपुर माध्यमिक विद्यालय ईन्द्रावती गाउँपालिका ४ का एक शिक्षकको निधन भएको छ ।
कञ्चनपुर घर भई नवलपुर माध्यमिक विद्यालयमा गणित बिषय पढाउँदै आउनुभएका ३४ बर्षिय शिक्षकको कोरोनाका कारण निधन भएको हो ।
रुघाखोकी र हल्का ज्वरो आए पछि सिन्धुपाल्चोकमा निशेधाज्ञा हुनु अघि नै चेकअप गराउन धुलिखेल अस्पताल जानुभएको उहाँको कोभिड १९ को संक्रमण देखापरेको थियो ।
उहाँको गएराती उपचारको क्रममा अस्पतालमै निधन भएको नवलपुर माध्यमिक विद्यालयका बिधालय ब्यबस्थापन समिति अध्यक्ष फुर्पा तामाङले जानकारी दिनुभयो ।
उहाँको शव सेनालाई जिम्मा लगाईएको छ ।