सिन्धुपाल्चोक

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला सदस्य तथा युवा नेता कमल प्रसाद श्रेष्ठले नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकलाई निशुल्क सवारी साधन उपलब्ध गराएका छन् ।

जोखिम अवधीभर सिन्धुपाल्चोक का पत्रकार हरु र ठुलै सकट पर्दा अन्य सक्रमित बिरामी हरुका लागि समेत प्रयोग गर्न सक्ने गरेर आफुले प्रयोग गर्दे आएको सवारी साधन नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकलाई उपलब्ध गरेका हुन ।

श्रेष्ठले सो गाडी आज महासंघका उपाध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका छन ।

महामारी काल भरी पत्रकारका लागि सो गाडी आएको पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए । कोही पत्रकार संक्रमित भएमा एम्बुलेन्सको रुपमा प्रयोग गर्न र सुरक्षीत पत्रकारिता गर्ने सो गाडी प्रयोग गरिने उनले बताए ।

युवा नेता श्रेष्ठले दिएको गाडी नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले कार्यबिधि बनाएर सञ्चालन गर्न बताइएको छ ।

श्रेष्ठ केही समय अघि सञ्चार क्षेत्रमै रहेर काम गरेका व्यक्ति हुन् र हाल उनि जलविद्युत व्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!