
सिन्धु प्रेस, पाँचपोखरी
पाँचपोखरी थाङ्पाल गाउँ पालिकाले आज वडा नं १,६,७ र ८ को १८ जनाको स्वाब संकलन गरि परिक्षण को लागि जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा पठाएको छ । टोल टोलमा डाक्टर गएर स्वाब संकलन गरेको हो ।
हालसम्म वडा न ३ भोताङ समेत गरि जम्मा पालिका भित्र ३८ जना को चेकजाच गरिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनाएको छ ।
सबैको रिपोर्ट आउन बाकि रहेकोले रिपोर्ट नआउन्न्जेल सम्म सबै सुरक्षित साथ रहन गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले टोलटोलमा गएर संकास्पद ब्यक्तिहरूको स्वाब संकलन गर्ने कामलाई तिब्रता दिएको छ । आफ्नो पालिकाको नागरिकमा संक्रमण धेरै नफैलियोस भनेर यस्तो काम गर्दै आएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।