सिन्धु प्रेस, मेलम्ची

मेलम्ची नगरपालिकाले आज फट्केश्वरीमा होल्डिङ सेन्टर स्थापना गरेको छ । मेलम्ची नगरपालिका १३ फटकसिलामा उक्त होल्डिङ सेन्टर स्थापना भएको हो ।

अर्को जिल्ला बाट आउनेहरूलाई त्यस होल्डिङ सेन्टरमा लगेर चेकजाँच गरिने नगरपालिकाकी उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । चेकजाँच गर्दा ब्यक्तिमा समस्या देखिएमा अक्सिजनको लेवल हेर्ने उहाँले बताउनुभयो ।

नाका बाट आएका ब्यक्तिलाई प्रहरीले त्यहाँ लैजाने छ । कुनै पनि संकास्पद ब्यक्ति भेटिएमा उसको एन्टिजेन परिक्षण गरिने पनि नगरपालिकाले जनाएको छ ।

साथै गाह्रो भएका ब्यक्ति लाई जिवनजल दिने र कोरोना संक्रमण नभएको पुष्टि भएमा होल्डिङ सेन्टर बाट जान दिईने नगरपालिकाले जनाएको छ । कोभिड पोजेटिभ देखिएमा आइसोलेसनमा बस्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!