जेठ २, २०७८ – रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले यो माहामारीको समयमा जनप्रतिनिधीहरुको भुमिका के कस्तो हुन सक्छ भन्ने बारे केही सुझाब दिनुभएको छ । आफ्नो फेसबुक मार्पmत उहाँले निम्न बुदामा सुझाब दिनुभएको छ ।
हरेक वडाका वडा सदस्यहरू सक्रिय भएर आ-आफ्नो टोलमा अनुगमन गर्नुस, कृपया ननिदाउनुस् ।
१, कतिजना भेला भएर कहाँ कहाँ तास खेल्दै छन ?
२, पसलमा सामाजिक दुरी कायम भएको छकि छैन ?
३, पसल बाट खाद्य बस्तु जस्तै तरकारी ,फलफुल घर लगेपछि राम्रो संग पखालेर प्रयोग गरेको छकि छैन । न त्यसै बाट कोरोना घरमा पो गएको छकि ?
४, पसलेले मास्क लगाएको छकि छैन रु र प्रत्येक ग्राहक लाई सामान दिईसकेपछि हातमा सेनिटाईजर लगाएको छ कि छैन ?
५, गाउँका हरेक पसल अगाडी अनावस्यक गफ गर्दै बसेका युवाहरूलाई त्यहाँ बाट लखेटेर आफ्नो घर पठाउनुहोस ?
६, मेलापात जाँदा सामाजिक दुरी कायम भएको छकि छैन ?
७, प्रत्येक पसल र डेरी अगाडि हात धुनको लागि साबुनपानीको ब्यबस्था छ कि छैन ?
८, डेरी जाँदा आफ्नो दूधको भाडो अर्कोलाई छुन नदिने अर्काको भाडो पनि आफू नछुन आग्रह गर्नुस ।
धन्यवाद