मेलम्ची नगरपालिकाकी उप प्रमुख भगवती नेपालले टोल टोलमा डाक्टर एउटा नाटक मात्रै रहेको बताउनुभएको छ । रेडियो मिसनको बिहानी कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

अन्तरवार्ताको क्रममा अन्य स्थानीय तहहरुले गाउँ गाउँमा डाक्टर परिचालन गरेर नागरीकको स्वास्थ्य परिक्ष गरिरहेको छ । यस बारे मेलम्ची नगरपालिकाले के योजना बनाएको छ ? भन्ने प्रश्नमा हामी डाक्टर घर घरमा लगेर यो नाटक गर्ने कुरा हैन यो हेर्नु । हाम्रो स्पष्ट दृष्टिकोण छ, परिक्षण भनेको घर घरमा डाक्टर लगेर के परिक्षण गर्ने ? त्यहि ज्वरो एउटा हेर्ने हैन ? ज्वरो हेर्नलाई हाम्रो हरेक वडामा स्वास्थ्य सँस्था छ त्यो सँस्थाहरुमा हाम्रा साथीहरु छन् सबैको नम्बर सार्बजनिक गरेका छौँ । केही समस्या पर्यो भने त्यहाँ जानुहुन्छ उहाँहरुले पहिचान गर्नु र डाक्टरले पहिचान गर्नु भनेको एउटै कुरा हो । यदि स्वाब परिक्षण गर्नुपर्यो भने उहाँहरुकै माध्यामबाट डाक्टरको टोली गएर परिक्षण गर्छ र अत्यावश्यक औषधि पनि उपलब्ध गराएको छ , उहाँले भन्नुभयो ।

नेपालले यो भनिरहँदा केही दिन अघि मात्रै पाँचपोखरी गाउँपालिकाले भोताङको एउटा गाउँमै डाक्टर गएर २० जना शंकास्पद बिरामीहरुमा परिक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको थियो । यसरी गाउँगाउँमा लुकेर रहेका संक्रमितहरु डाक्टर परिचालन गरेर पहिचान गर्न पर्ने बेलामा अन्य स्थानीय तहहरुले गरेको यो कार्यलाई नाटक भन्नुभएको छ । जिल्लाका धेरै जसो पालिकाले टोल टोलमा गएर लक्षण देखिएकाको परिक्षण गरिरहेको छ ।

संस्थागत आइसोलेसनमा २ जना, होम आइसोलेसनमा ४० जना
मेलम्ची नगरपालिकामा संक्रमित रहेका मध्ये ४० जना होम आइसोलेसनमा छन् । नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा अक्सिजन दिन पर्ने बिरामी मात्र ल्याइने छ । हाल २ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबार ९२ जनाको परिक्षण गरेको र हालसम्म पनि रिपोर्ट नआएको र रिपोर्ट ढिला आउनुको कारण बारे बुझ्दा अस्पतालबाट स्पष्ट जानकारी नआएको उहाँले बताउनुभयो ।

मेलम्ची नगरपालिकाको कोभिड रोकथामका योजना
मेलम्ची नगरपालिकाले कोभिड रोकथामको लागी सचेतनाको काम गरेको बताएको छ । मेलम्ची नगरपालिकाले बाहुनेपाटीमा आइसोलेसन केन्द्र स्थापना गरेको छ । अहिले मेलम्ची नगरपालिकामा भेटिएका संक्रमित मध्ये धेरै होम आइसोलेसनमा छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेको नगरपालिकाले जानकारी दिएको छ । मेलम्ची नगरपालिकामा २० वटा अक्सिजन सहितको सिलिन्डर रहेको र थप सिलिण्डर भर्न पठाइएको र अक्सिजनको लेभल घटेको ब्यतिmहरुलाई संस्थागत आइसोलेसनमा राखेर अक्सिजन दिएर उपचार गरिने बताइएको छ ।

मेलम्ची नगरबासी सम्पूर्णमा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले सामाजिक सञ्जाल मार्फत समस्या देखिएमा निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले सामाजिक संजालमा लेख्नुभएको छ “तपाईं वा तपाईंको परिवारमा कोभिड संक्रमित हुनु हुन्छ वा लक्षण मिल्दोजुल्दो को कारण समस्या भयमा निम्न व्यक्तिहरू संग सम्पर्क गरेर सहयोग लिन सक्नु हुनेछ” ।
१.डा .दामोदर पौडेल ९८४३३२९१४९,
२.डा. रेखा चौलागाई ९८४९६०६५११,
३. अ.हे. व.बद्रीनाथ सापकोटा
४ अ.हे.व. मनोज कुमार यादव ९८४४४८८०४६

मेलम्चीका जोखिमयुक्त क्षेत्र
मेलम्ची नगरपालिकाको सबै वडाहरुमा कोभिडको जोखिम रहेतापनि मेलम्ची नगरपालिकाले नगरभित्र धेरै जोखिम रहेको ठाउँहरुको पहिचान गरेको छ । जोखिम रहेका क्षेत्रहरुमा मेलम्ची नगरपालिकाको मेलम्ची बजार, मेलम्ची ९ ज्यामिरे, मेलम्ची ६ तालामाराङ र मेलम्ची नगरपालिका १२ रहेका छन ।
संक्रमण फैदिन नदिनको लागी सचेतनाको काम गरेको छ, उपप्रमुख नेपालले भन्नुभयो , उहाँको अनुसार प्रहरीहरु परिचालन गरेर माइकिङ गर्न काम पनि गरिरहेको छ । समुदायमा संक्रमण फैलिन नदिनको लागी स्थानिय समुदायको ब्यक्तिहरुलाई सचेतना दिने काम गरेको भए पनि नागरिकले हेलचेक्रायाँइ गरेको उपप्रमुख नेपालको भनाइ छ ।

फट्केश्वरीमा होल्डिङ सेन्टर, भोटेचौरमा प्रहरी द्धारा कडाई
मेलम्ची नगरपालिकाले फट्केश्वरीमा होल्डिङ सेन्टर स्थापना गरेको छ । मेलम्ची नगरपालिका १३ फटकसिलामा उक्त होल्डिङ सेन्टर स्थापना भएको हो ।

अर्को जिल्लाबाट आउनेहरूलाई त्यस होल्डिङ सेन्टरमा लगेर चेकजाँच गरिने नगरपालिकाकी उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । चेकजाँच गर्दा ब्यक्तिमा समस्या देखिएमा अक्सिजनको लेवल हेर्ने उहाँले बताउनुभयो । दिनको समयमा नाका बाट आएका ब्यक्तिलाई प्रहरीले त्यहाँ लैजाने गरेको र कुनै पनि संकास्पद ब्यक्ति भेटिएमा उसको एन्टिजेन परिक्षण गरिने पनि नगरपालिकाले जनाएको छ । तर रातको समयमा लुकी लुकी आउनेहरुको हकमा उनिहरुले नै बुझ्नपर्ने र यसमा नगरले केही गर्न नसक्ने उपप्रमुख नेपालको भनाइ छ ।

त्यस्तै भोटेचौर नाकामा प्रहरी द्धारा चेकजाँचमा कडाई गरेको नगरपालिकाले जनाएको छ । तर भोटेचौर नाका हुँदै दैनिक रुपमा मानिसहरु आवत जावत गरिरहेको त्यहाँका स्थानियले बताएका छन । मानिसहरु प्रहरीलाई बहाना बनाएर काठमाण्डौ बाट सिन्धुपाल्चोक प्रवेश गरिरहेको स्थानिय निराजन चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!