कोभिड १९ को दोस्रो लहरले चरम रुप लिइरहँदा इन्द्रावती गाउँपालिका वडा नं ४ ले टोलटोलमा पुगेर विरामी खोज्न थालेको छ। इन्द्रावती गाउँपालिका वडा नं ४ ले औषधिसहित डाक्टर लगेर गाउँवासीको स्वास्थ्य जाँच गर्न थालेको हो ।

हेल्थ असिस्टेन्ट टिका बहादुर तामाङको टोलीले कोरोना संक्रमति भएकाहरुलाई आवश्यक औषधि दिने, संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने र अन्य रोगीहरुको समेत घरमै गई स्वास्थ्य जाँच गर्न थालिएको हो ।

गाउँघरमा रहेका बृद्ध बृद्धाहरु स्वास्थ्य चौकीमा गएर स्वास्थ्य परिक्षण गर्न पनि नसक्ने र औषधी लिन जान पनि नसक्ने भएकाले टोल टोलमै गएर परिक्षण गरिएको गाउँपालिकाका प्रेस संयोजक दिनेस चौलागाइले जानकारी दिए । इन्द्रावतीको वडा नं. ६, ८, ९, १०, ११ र १२ मा पहिलो चरणको स्वास्थ्य जाँच सकिएको उनले बताए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नको लागी वडा नं ४ की कार्यबाहक वडा अध्यक्ष दया कुमारी मिश्रको सक्रियता बढेको छ । संक्रमितको घरमा आवस्यक खाद्यान्न पुर्याउन उनि आफै जान थालेकि छिन । “संक्रमितको घरबाट तेल, दाल जस्ता अस्यावस्यक बस्तुहरु चाहिएको भनेर फोन आउँछ र म त्यस ठाउँमा सुरक्षाको साधन अपनाएर पुर्याउन जाने गरेको छु ” सिन्धु प्रेस संग उनले भनिन् ।

वडा नं ४ को टाकुरे र भेडिचौरमा संक्रमितको संख्या धेरै रहेकोले वडाले त्यस ठाउँमा बिशेष ख्याल गर्ने गरेको मिश्रले बताइन् । केहि दिन अघि मात्रै एक जना बृद्धको कोभिड १९ को कारण मृत्यु भएको ठाउँ टाकुरे वरीपरीको घरहरुमा मास्क र सेनिटाइजर लगेर वडाले बितरण गरेको थियो । टाकुरेको टोलमै गएर २० जनाको स्वाब संकलन गरिएको वडाले जानकारी दियो ।

कोरोना संक्रमणविरुद्ध लड्न चार वटा रणनीति बनाएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए । जसमध्ये पहिलो चरणमा सचेतना,दोस्रोमा स्वास्थ्य सामाग्री व्यवस्थापन र तेश्रो सामाजिक दुरी अन्तर्गतको योजना इन्द्रावतीले लिएको छ । कोरोना नियन्त्रण उपचार कोष र कार्यविधिअनुरुप जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, स्वयंसेवकको टिम बनाएर टोलटोलमा परिचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!