सिन्धुपाल्चोक

पुर्व मन्त्री शेरबहादुर तामाङको विशेष पहलमा मेलम्चीमा अक्सिजन प्लान्टको स्थापना हुने भएको छ ।

३३ लाख २० हजार बजेटमा जिल्लामा कोरोना महामारी फैलिरहेको र कोरोना उपचारमा अक्सिजनको अभाव भैरहेको कारण मेलम्चीमा अक्सिजन प्लान्टको स्थापना गर्न लागेको तामाङले बताए ।

स्थानीेय पुर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली २०७७ अन्तर्गत मेलम्ची नगरपालिकाले कार्यन्वयन गर्ने गरि मेलम्ची नगर पुर्वाधार विशेष कार्यक्रम शिर्षकको बजेट संशोधन गरि उक्त रकमले अक्सिजन प्लान्टको स्थापना गर्न लागिएको हो ।

बाँकी बजेट ब्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको पनि उनले बताए । उनको पहलमा पहलमा मिती २०७८÷०१÷२५ गतेको निर्णय अनुसार जिल्ला अस्पताल चौताराको लागि समेत अक्सिजन प्लान्ट राख्ने निर्णय भए बमोजिम अर्थ मन्त्रालयले बजेट ब्यवस्थापन गर्ने निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!