
बाह्बिसे सिन्धुपाल्चोक
पुर्ब सुचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जनता आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन । सिन्धुपाल्चोक जिल्लाको बाह्बिसेमा भएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन ।
कोरोना महामारी बढिरहेका बिच अक्सिजन सहितको १०० बेडको निःशुक्ल कोभीड–१९ उपचार केन्द्र संचालन गर्नको लागि आबश्यक सामाग्री सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा आइपुगेको छ ।
उपचार केन्द्र संचालनका लागि आवश्यक पर्ने १०० वटा बेड , १०० थान अक्सिजन सिलिण्डर लगायतका सामान आज बाह्रविसेमा आईपुगेको हो ।
कोभिड १९ को महामारीबाट नागरीकलाई बचाउन जिल्लामा कोभिड –१९ उपचार केन्द्र संचालन गर्नको लागी उक्त सामान आएको बस्नेतले जानकारी दिए ।
सिन्धुपाल्चोकका बाह्रबिसे, चौतारा, मेलम्चीमा स्थापना गर्ने गरी एक सय बेडको कोभिड १९ सेवा केन्द्र स्थापना हुनेछ । सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने छ । कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने योजना रहेको समेत बस्नेतले बताए ।
साथै सिन्धुपाल्चोकमा दैनिक २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने उदेश्य ले अक्सिजन प्लाण्ट समेत स्थापना हुने भएको छ । सुनकोशी गाउँपालिकाको अगुवाइमा विभिन्न संघ सस्थाको लगानीमा एक महिना भित्र अक्सिजन प्लाण्ट स्थापना हुन लागेको हो ।