सिन्धुपाल्चोक

विश्व नै कोरोना भाइरसले आक्रान्त पारिरहेको यस विषम परिस्थितिमा इन्द्रावती गाउँपालिकाको ११ नम्बर वडाको कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ ।

इन्द्रावती ११ को बिस्देउटार बस्ती पनि कोभिड १९ बाट अछुतो रहन नसकेको वडा अध्यक्ष मने माझीले बताउनु भएको छ । २०७८÷२÷५ गते नै ३ जनाको कोभिड पोजेटिभ आएको थियो भने ६ गते थप २ जनाको पोजेटिभ रिपोट आएको थियो ।

कोभिड १९ पोजेटिभ धेरै जनाका देखिएपछि ईन्द्रावती गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलि उक्त स्थानमा परिचालन गरि २५ जनाको स्वाब संकलन गरेकोमा थप ५ जनाको कोभिड १९ भएको रिपोर्ट आएको थियो । यस संगै बोडगाउ बस्तीमा पनि ३ जनाको कोभिड १९ भएको रिपोर्ट आएपछि वडा स्तरीय कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापन समितिको आपतकालीन बैठक बसेको थियो । उक्त बैठकले निम्न अनुसार निर्णय गरेको छ ः

निर्णयहरु ः–
१.जेठ १५ गतेसम्मको लागि लकडाउनको पालना पुर्ण रूपमा गर्ने गराउने ।
२.इन्द्रावती गाउँपालिका ११ मा रहेका सबै होटेलहरु जेठ १५ गतेसम्मको लागि पूर्ण बन्द गर्ने । तर खाद्यान्न र तरकारी पसल चाहिँ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सधाझै सन्चालन गर्ने ।
३. यस ठाउँबाट अर्को ठाउँमा जान आउन पूर्ण बन्द गर्ने
४. वडा स्तरीय कोभिड १९ रोकथाम,नियन्त्रण तथा व्यवस्थापन समिति,युवाक्लब र समाजसेवी व्यक्तिहरुको सहभागितामा प्रचारप्रसार तथा घर दैलो सचेतना कार्यक्रम गर्ने ।
५. सामाजिक संस्कार ः– बिवाह,ब्रतबन्ध, पास्नी,मृत्यु संस्कार तथा देवाली पुजा सकेसम्म नगर्ने यदी गर्नै पार्ने बाध्यात्मक अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्ने ।
६ . बैशाखको पुर्णिामाको दिन यस ११ नम्बर वडाको बोडगाउँ को वारीपारी दुबै गाउँमा लाग्ने हल्लारी जात्रा यस वर्षको लागि रित मात्र पूरा गर्ने,पुजाको प्रसाद बगुर काटेर मिलाउने काम बढीमा १०÷१०जनाले मात्रै गर्ने ।
७. वडा नम्बर ११ मा रहेका स्वास्थ्य संस्थाहरु वा निजि मेडिकल बिच समन्वय गरि कोभिड १९ नियन्त्रणमा जोड दिने ।
८. वडाको कुनै पनि बस्तीमा कोभिड १९ को लक्षण देखिएमा तुरुन्तै वडामा वा युनिट प्रमुखहरूलाई खबर गर्ने ।
९.डेरीको सम्बन्धमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दुध बिक्री गर्न दिने ।
१०. लकडाउनको पालना भए नभएको युनिट प्रमुखहरू वा समाजका सरोकारवालाहरुसंग रिपोर्टिङ लिने र अनुगमनको क्रममा लकडाउनको पालना नगरेको पाइएमा सरुवा रोग संक्रमण ऐन अनुसार कारबाही गर्न सिफारिस गर्ने ।
तसर्थ यसै सूचना अनुसार सबैले आआफ्नो सुरक्षाको लागि सचेत हुनको लागि इन्द्रावती ११ ले सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!