मेलम्ची, सिन्धुपाल्चोक

पुर्ब सुचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले कसैको पनि मास्क र अक्सिजन नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका छन । आज क्षेत्र नं २ मा मास्क बितरण गर्दै उनले उक्त कुरा बताएका हुन ।

क्षेत्र नं २ का जनताको सुरक्षाको लागी मास्क बितरण गरिएको उनले बताए । जिल्लाका १२ वटै स्थानिय तहका वडाहरुलाई १००० थानको दरले मास्क बितरण गर्न लागिएको हो ।

क्षेत्र नं २ का सबै वडाका सरोकारवाला ब्यक्तिहरुलाई बोलाएर मास्क बितरण गरिएको हो । आज बिहान इन्द्रावती गाउँपालिकाका वडाका जनप्रतिनिधिलाई सिपाघाटमा बोलाएर मास्क बितरण गरिएको थियो, त्यसपछि मेलम्चीमा बितरण सकेर ग्याल्थुममा पनि हेलम्बुका वडा प्रतिनिधिहरुलाई मास्क बितरण गरिएको हो ।

“सिन्धुपाल्चोक जिल्लाको सबै जनता मास्क नपाएर, अक्सिजन नपाएर कसैको पनि ज्यान नजावस् भन्ने उद्धेश्यले यस्ता काममा हामी सकृय रहेका छौँ, ” उनले भने ।

अक्सिजन प्लानटको लागी पनि पैशा ब्यबस्था गरिसकेको उनले बताए । “अक्सिजन प्लान्टले दैनिक २० सिलिन्डर अक्सिजन दिनेछ । जिल्लाका जनताको अक्सिजन नपाएको कारण ज्यान जाने छैन, भातृ संगठन, समाजसेवी र सुभचिन्तक मिलेर काम गर्नेछौँ” । उनले प्रतिबद्धता ब्यक्त गरे ।

उनका अनुसार कोभिड अस्पतालको लागी मेलम्ची लाई पनि १० बेड दिने र त्यसको लागी अक्सिजन सिलिन्डर पनि दिने । यसका साथै जिल्लाका सबै पालिकामा पनि प्रदान गरिने छ । सिन्धुपाल्चोक जिल्लाको खाडिचौरमा रहेको सिन्धु सदाबहार हष्पिटल केन्द्र हुनेछ । र अर्काे केन्द्र बाह्बिसेमा रहेको अरनिको कलेजमा रहने छ । १०० बेड बाट सुरु हुने यस निःशुक्ल कोभीड–१९ उपचार केन्द्र आवस्यकता अनुसार थप्दै जाने पनि उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!