सिन्धुपाल्चोक

नेपाली कांग्रेसका सिन्धुपाल्चोकका सभापति बिकास लामाले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले देश लाई असहज बाटो तिर लगेको बताएका छन । हिजो एक प्रेस बिज्ञप्ती मार्फत उनले उक्त कुरा बताएका हुन ।

जेठ ७ गते राष्ट्रपति भण्डारी ले प्रधानमन्त्री को सिफारिस मा संसद विघटन गरि मध्यावधि चुनाव को घोषण गरेका थिए ।

हिजो सभापति लामाले बिज्ञप्ती मार्फत मुलुक लाई असहज बाटोमा लाने काम स्वयम् संविधानका संरक्षक भनिएका प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको कुरा अब घाम झै छर्लङ्ग भएको बताए । विपक्षी गठबन्धनले संख्या पुर्याएर सरकार निर्माणको दावी प्रस्तुत गर्दा समेत अस्वीकार त्यो पनि राष्ट्रपतिबाट हुनुलाई सामान्य मान्न सकिन्न बिज्ञप्तीमा भनिएको छ।

प्राप्त उपलब्धिलाई निस्तेज पारेर मलकलाई अँध्यारो द्वन्द्वको रापतिर लगेको समेत सभापति लामा ले आरोप लगाए । यस्तो कार्य हामी वि.पि. कोइरालाका पार्टीका कार्यकर्ताका लागि स्वीकार्य नहुने पनि बिज्ञप्तीमा भनिएको छ ।

न्यायको अन्तिम निकाय सर्वोच्च अदालतले न्याय मर्न नदिने कुरामा आफुहरु विश्वस्त रहेको उनले बताए । विधि र पद्धति जोगाउने लडाईंमा सुरक्षित रूपमा सामेल हुनमा सिन्धुका तमाम न्यायप्रेमी समुदायलाई अपिल समेत गरेका छन । अहिले सत्ता र प्रतिपक्षबिचको लडाई भनेको गणतन्त्र विरुद्ध अधिनायकवाद नै भएको उनले बताए ।

कोभिड को महामारीका बिच पनि लोकतन्त्रको रक्षार्थ आ–आफ्नो ठाउँबाट सरकारको असम्बैधानिक कदमको डटेर हामीले सामना गर्नु पर्ने अवस्था आएको छ । आन्दोलनको आँधीबेरी सिर्जना गरी हाल्ने अवस्था कोभिडको कारण नभए पनि नेपाली काँग्रेस र विपक्षी गठबन्धनको घोषित कार्यक्रमको प्रतिक्षाका निम्ति म सबैमा अपिल गर्दछ । घरिघरी सिस्टम माथि नै धावा बोल्ने परिस्थितिको समेत अन्त्य नै आजको आवश्यकता रहेको सभापति लामाले बिज्ञप्तीमा उल्लेख गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!