सिन्धुपाल्चोक

कोभिड १९ को परिक्षणको नतिजा अब २४ घण्टामै आउने भएको छ । यो संगै ५ दिनसम्म कुर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलले २४ घण्टा नवित्दै कोरोना परिक्षणको नतिजा दिने भएको हो ।

यसअघि सो प्रयोगशालामा स्वाब पुर्याएको पाँच दिनसम्ममा मात्रै नतिजा आउने गरेको थियो । ढिला गरि नतिजा आँउदा परिक्षणका लागि स्वाब नमुना दिएका संभावित संक्रमितहरु खुलम्खुल्ला हिड्ने गरेका थिए ।

लक्षण देखीएका विरामीहरुलाई उपचार गर्न समेत नतिजा नआँउदा समस्या भइरकेको थियो । शंकास्पद विरामीको उपचार गर्न पनि पीसीआर परिक्षणको नतिजा नआँउदा समस्या भइरहेको थियो ।

कोरोना परिक्षणको पोजेटिभ नतिजा नआएसम्म नेपाली सेनाले शब व्यवस्थापन गर्न नमिल्ने र आफन्तले समेत व्यवस्थापन गर्न डराँउदा समस्या भइरहेको थियो । यो समस्या टार्न एन्टिजेन किटको प्रयागे बढाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसबाट परिक्षण गर्दा विश्वसनियता पनि हुने र तत्कालै नतिजा समेत आउने भएकोले यसको प्रयोग गर्न लागिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!