सिन्धुपाल्चोक

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस ,माओवादी केन्द्र र एमाले को माधव नेपाल पक्ष त्यसको विरुद्धमा खनिएका छन ।

संसद विघटन विरुद्ध सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दल आवद्ध विद्यार्थी सङगठन हरुले संसद विघटन को विरोध जनाएका छन । आज संयुक्त वक्तव्य जारी गर्दै विघटन को विरोध गरेका हुन ।

नेविसंघ जिल्ला अध्यक्ष दावा ग्याल्बु लामा, अनेरास्ववियु जिल्ला अध्यक्ष रवि भण्डारी र अखिल क्रान्तिकारीका अध्यक्ष मिलन लामा ले संयुक्त रुपमा वक्तव्य जारी गर्दै सर्वोच्च अदालतले पुनस्थापना गरेको संसदको दोस्रो पटक विघटन गरी सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकबादी डकैती गरेको आरोप लगाइएको छ ।

संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भत्सना गर्दछौ वक्तव्यमा भनिएको छ । संसद विघटनले संविधान माथि प्रहार भएको र सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी भन्दै केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गरेको छ ।

वक्तव्यमा भनिएको छ केपी ओलीको सरकार संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको ले संसदीय मुल्य मान्यता र परम्परालाई तिलाञ्जली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भईसकेको प्रमाणित भएको छ । वक्तव्यमा उल्लेख छ ।

जारी वक्तव्यमा कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पताल बेड, अक्सिजन, औषधीको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेबारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड र अपराध हो ।

सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा संसदको विघटन विरुद्ध एकजुट हुदै आ–आफ्नो ठाउबाट प्रतिरोध गर्नका लागि सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा संयुक्त विद्यार्थी आन्दोलनमा होमिन वक्तव्य मार्फत अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!