सिन्धुपाल्चोक

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ज्येष्ठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा गरेको संसद विघटनको विरुद्ध मा प्रमुख प्रतिपक्षी दल कांग्रेस ,माओवादी केन्द्र र एमाले कै माधव – खनाल पक्षले विरोध गरेका छन । संयुक्त आन्दोलन गर्ने पनि जनाएका छन ।

संसद विघटन असम्बैधानिक भएको भन्दै सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दल आवद्ध युवा सङगठन हरुले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संबैधानिक सङकट निम्त्याउन खोजेको र यो कदम मुलुकको हित विपरीत भएको बताइएको छ ।

नेपाल तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामा, योङ कम्युनिस्ट लिग जिल्ला अध्यक्ष रुपेन्द्र आचार्य र युवा संघ नेपाल जिल्ला अध्यक्ष हेमेश घ्लान ले आज संयुक्त विग्यप्ती जारी गर्दै ओलीले यसअघि पनि एकलौटी रुपमा गरेको प्रतिनिधिसभा भंगलाई सर्वोच्च अदालतले पुनस्थापना गरिदिएको विषय स्मरण गराएका छन ।

“आम जनता एकपटक फेरि सोच्नपर्ने बेला भएको छ”, बिज्ञप्तीमा भनिएको छ । संसदबाट आफूले विश्वासको मत लिन नसक्ने देखिएको भन्दै संविधानको धारा ७६ (५) को प्रकृया आरम्भ गर्ने आह्वान गर्ने राष्ट्रपति कार्यालय आएको दाबीलाई नजरअन्दाज गरेर वार्षिक बजेटको मुखैमा संसद भंग हुनु आफैमा असंवैधानिक कदम हो । जारी विज्ञप्ती मा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!