सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा एकैदिन थप ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा चौतारा साँगाचोकगढीका ११४, सुनकोसीका ११८, इन्द्रावतीका १, हेलम्बुका ४, मेलम्चीका २७, लिसंखुपाखरका २४, बाह्रबिसेका ३१ र पाँचपोखरीका २१ जना छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या २१ सय पुगेको छ ।

अहिले जिल्लामा ४१ जना आइसोलेसनमा छन् । स्वास्थ कार्यालयले अक्सिजन दिनुपर्नेलाई मात्रै जिललाका स्वास्थ्य संस्थाका आइसोलेसनमा राख्ने भनेपछि जिल्लामा ४१ जना आइसोलेसनमा छन् । बाँकी १६ सय ५१ जना होम आइसोलेसनमा छन् ।

जिल्ला भित्र मात्रै १४ सय ८७ जना होम आइसोलेसनमा छन हालसम्म जिल्लामा १६ जनाले कोरोनाको दोस्रो लहरबाट ज्यान गुमाएक छन् । ज्यान गुमाउने धेरैले आइसीयु र भेन्टिलेटरमा उपचार नपाएर ज्यान गुमाएका हुन् । हालसम्म जिल्लमा ३ सय १० जनाले कोरोना जितेका छन् ।

जिल्लामा आइसीयु र भेन्टिलेटर एउटा पनि छैन

सिन्धुपाल्चोकमा २१ सयमा संक्रमण पुष्टि भएको छ । १६ ले कोरोनाको दोस्रो लहरमा ज्यान गुमाइसकेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि आइसीयु र भेन्टिलेटर छैन । जसका कारण धेरैले कोरोनालाई जित्न सकेका छैनन् । मृत्यु भएका अधिकांश जिल्लामा आइसीयु र भेन्टिलेटर नहुँदा उपचार पाउँन नसकेर मृत्युवरण गर्न बाध्य छन् ।

हिजो र आज मात्रै दुई महिलाले आइसीयु र भेन्टिलेटरमा उपचार नपाएर मर्न बाध्य भए । कुभिण्डेका दुई जनाले पनि आइसीयु र भेन्टिलेटर नपाउँदा मृत्युवरण गर्नु परेको थियो ।

संविधानको मौलिक हकमै स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था गरेपनि त्यो अहिलेपनि हामीले सहज रुपमा पाउन सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!