सिन्धुपाल्चोक

मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर देशलाई अनिश्चयको भुमरिमा हालेको भन्दै केपी ओलीको पार्टी इतरका दलहरुले विरोध जनाएका छन ।

नेपाली कांग्रेसका सभापति विकास लामा, माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुली, एमाले माधव पक्षका जिल्ला अध्यक्ष झम्क नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष जगत बहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दिर्घ बहादुर सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कदमको विरोध जनाएका हुन् ।

नेपाली जनताको कठोर, बलिदान र त्यागबाट प्राप्त नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को कार्यान्वयन पश्चालतको पहिलो संसद विघटन गरेर ओली र भण्डारीले संविधानलाई मुर्छित बनाएको उनीहरुले आरोप लगाएका छन् ।

विश्वासको मत लिन नसकेर संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हान गर्दा विपक्षी दलबाट प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा जाँदा समेत प्रधानमन्त्री ओलीले आफूसँग नै बहुमत छ भन्दै राष्ट्रपतिलाई आफ्नो रबरस्ट्याम्प बनाएर संसद विघटनको सिफारिस गर्नु संविधान र लोकतन्त्र माथि नै प्रहार भएको पाँच दलको निष्कर्ष छ ।

यसअघि हिजो नै यी दलका भातृ संगठन विद्यार्थी संगठन र युवा संगठनले संसद विघटन विरुद्ध एक भएको जनाउ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!