सिन्धुपाल्चोक
सिन्धुका महिला संगठनल प्रतिनिधिसभा विघटन अधिनायकवादी र निरकुंश कदम भएको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर देशलाई अनिश्चयको भूमरिमा पारेको महिला संगठनको ठहर छ ।
एक विज्ञप्ति जारी गर्दै महिला संघ अध्यक्ष गीता नेपाल ,अखिल नेपाल महिला संघ अध्यक्ष देवी अधिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी अध्यक्ष अम्बिका नेपाल र अखिल नेपाल महिला संघ अध्यक्ष भगवती पौडेलले संसद विघटन सार्वभौम जनतामाथि गरिएको अधिनायकवादी र निरकुंश कदम भएको बताएका छन् ।
केपी सरकार देश र जनतामाथि लगातार घात गर्दै संवैधानिक र कानुनी जिम्मेवारीबाट पतन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना महामारीमा बेड, अक्सिजन र भेन्टिलेटरको जोहो गर्नुपर्ने सरकारले निर्वाचनको घोषणा गर्नु जनताको स्वास्थ्य माथि गरिएको गम्भीर खेलवाड र अपराध हो जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!