
मेलम्ची, सिन्धुपाल्चोक
नेपाली कांग्रेसका नेता तथा पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले आज मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १० बेड र १० अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन ।
बस्नेतले जिल्लामा १ महिनामा १ सय बेडको कोभिड उपचार केन्द्र सञ्चालन गर्ने कार्यक्रम अनुरुप आज मेलम्ची स्वास्थ्य केन्द्रमा १० वटा बेड र १० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका हुन ।
अक्सिजन अभावका कारण जिल्लामा कसैको पनि मृत्यु हुन नपरोस् भन्ने भावनाले अक्सिजन सहित अन्य स्वास्थ्य सामग्रिको सहयोग गरेको उनले बताए ।
स्वास्थ्य सामग्रि हस्तान्तरण कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालको पनि उपस्थिति रहेको थियो । मेलम्चीले स्वास्थ्य सामग्री पाएकोमा मेयर अर्यालले खुसी ब्यक्त गरे ।
पुर्व मन्त्री बस्नेतले हेलम्बु र पाँचपोखरीमा पनि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन । जिल्लाभर स्वास्थ्य सामग्री बितरण गर्ने उनको उद्देश्य रहेको थियो ।