सिन्धुपाल्चोक ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले आज जिल्लाका सबै पालिकामा आफुले प्रतिबद्धता गरे अनुरुपको १०० बेडको कोभिड अस्पताल सन्चालनको लागी आवस्यक बेड, अक्सिजन र स्वास्थ्य सामाग्री हस्तान्तरण सम्पन्न गरेका छन ।

जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार बस्नेतले आज सिन्धुपाल्चोकको सबै स्वास्थ्य केन्द्रमा अक्सिजन, सिलिन्डर बेड सहित आबश्यक स्वास्थ्य समाग्री दिएका हुन । सिन्धुपाल्चोकमा केहि दिन अघि मात्रै अक्सिजनको समस्या देखिएपछि अक्सिजन सिलिन्डर झिकाइएको हो ।

थप एक सय बेड र अक्सिजन सहयोग पाएपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाइ संक्रमितको उपचार गर्न ठुलो सहयोग पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी पार्थ मणि न्यौपानेले बताए । “बेड, अक्सिजन र सिलिन्डर आएपछि हामीलाई सहयोग पुगेको छ” उनले भने “संक्रमितको सङ्ख्या बढ्दै गएपनि स्वास्थ्य सामग्री आइरहेको छ ” ।

“हामिले भने अनुसार एक सय थान अक्सिजन सिलिन्डर र बेड संचालनमा ल्याएका छौ”, उनले भने “अब सिन्धुपाल्चोकमा अक्सिजन र बेड नपाएर कोहि नागरिकले ज्यान गुमाउन पर्ने छैन” । अक्सिजन सिलिन्डर बितरण भएसंगै आइसोलेसन बेडमा उपचार सुरु भइसकेको उनले बताए । छिटो सिन्धुपाल्चोक जिल्लामा निशुल्क वितरण गर्ने गरि अक्सिजन प्लान्ट राख्न लागिएको पनि पुर्व मन्त्री मोहन बहादुर बस्नेतले बताए ।

“सिन्धुपाल्चोकका संक्रमितकोे लागि अब हामीले डटेर सहयोगमा जुटेका छौँ, जिल्लाका धेरै स्थानमा ४० लिटर क्षमताको अक्सिजन सिलिण्डर निशुल्क वितरण गरेका छौ”, व्यावसायि पासाङ नोर्बु लामा भन्छन् “अब छिटैनै पुर्व मन्त्री मोहन बाहदुर बस्नेतसँग सहकार्य गरेर अक्सिजन प्लान्ट राख्नको लागि १० लाख रकम सहयोग गर्छाैँ”। जिल्ला बासिलाइ आइपर्ने समस्यामा जस्तोसुकै सहयोग गर्न लागि पर्ने पनि पासाङ नोर्बु लामाले बताए ।

सिन्धुपाल्चोकमा पछिल्लो समय अक्सिजन सिलिन्डर आइसोलेसन बेड थपिएको छ । यो सगै सिन्धुपाल्चोकका कोरोना संक्रमितले अब अक्सिजन नपाउने, उपचारको लागि बेड नपाउने जस्ता समस्या नहुने पुर्व मन्त्री बस्नेतको भनाइ छ । यो संगै सुकुटेमा अक्सिजन प्लाण्ट पनि जडानको प्रकृया गगाडी बढाइएको छ । यसले सिन्धुबासीमा एउटा त्रास कम भएको छ ।

आइसोलेसनमा बसेकालाइ स्थानीय युवा क्लवहरुले खानाको ब्यबस्थापन पनि गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!