
सिन्धुपाल्चोक ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती बिकास लामा ले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरुमा पुग्ने गरि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।
आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका १२ वटै वडाका नेपाली कांग्रेसका वडा सभापतीहरुलाई १००० थान मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । आ आफ्नो वडा सुरक्षित राख्नको लागी उक्त मास्क सहयोग गरिएको सभापती लामाले बताए ।
कोभिड १९ महामारीका बिच पालिकाका १२ वटै वडाका जनताहरुलाई सुरक्षित राख्नको लागी उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको लामाले जानकारी दिए । वडा बासिहरुलाई यसबाट थप केहि राहत पुग्ने उनको बिस्वास छ ।
पहिला जनता बचाउँ अनि राजनिति भन्ने मुख्य उद्देश्य लिएर आफु हिँडेको र जनताको दुखमा साथ दिन आफु तयार रहेको पनि उनले बताएका छन । “पहिलो चरणमा स्वास्थ्य सामाग्री सहयोग गरेको छु र आवस्यक परे आवस्यकता अनुसारको सहयोग गर्न तयार छु, ” उनले भने ।
आज हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री वडा सभापतीहरुले टोल टोलमा लगेर बितरण गर्ने बताइएको छ ।