बलेफि, सिन्धुपाल्चोक ।

पहिला जनता अनि राजनिति भन्ने मुल नाराका साथ नेपाली कांग्रेसको केन्द्रिय सदस्य एंबम पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको समन्वय र सहयोगमा स्वास्थ्य सामाग्री सहयोग भएको छ । जालवारी सामुदायिक स्वास्थ इकाइ बलेफी ६ जालवारीलाई अक्सिजन ५ थान ,आईसोलेसन बेड ५ थान र अति आवश्यक स्वास्थ सामग्री सहयोग भएकोे हो ।

नेपाली कांग्रेस बलेफी गाउपालिकाले सबै सहयोगी मनहरुलाई धन्यवाद दिनुका साथै ६ नम्बर वडा को कोरोनाको बिरामीहरु लाई उक्त स्वास्थ्य चौकिमा आइसोलेसन घोषणा गरि सेवा सुचारु गर्न पनि सम्बन्धित सबैमा माग गरेको छ । ६ नम्बर वडामा कोभिड १९ का बिरामी अत्यधिक बढेको हुनाले आवस्यक स्वास्थकर्मी थप गरि प्रभाबकारी स्वास्थ सेवा उपलब्ध गराउन समेत सम्बन्धित निकायलाई नेपाली कांग्रेस बलेफी गाउँपालिकाले अनुरोध गरेको छ ।

नेपाली कांग्रेस क्षेत्रीय उपसभापति तथा नेपालि कांग्रेस बलेफि गाउँपालिकाका प्रत्यासि उमेदवार राजकुमार तामाङले उक्त आइसोलेसन सन्चालन गर्न चामल १० बोरा, पानी १० बाक्सा, चना ५० किलो, दाल ५० किलो, साबुन १ बाक्सा, सेनिटाइजर, मास्स, अण्डा ५ बाक्सा समेत तुरुन्तै दिने घोषणा गरेका छन ।

यसैबिच वडा नम्बर २ बलेफिलाई नपुग माक्स १००० थान, बलेफि ७ साउने भुजेल टोल पुरानो गाउमा ३००० थान माक्स तुरन्तै बितरण गरिने पनि तामाङले जानकारि गराएका छन । “यस बिषम परिस्थितिमा संयमित र सुरक्षित रहन सम्पुर्ण बलेफि बासिमा अनुरोध गर्दछु”, उनले भने ।

यसका साथै बलेफि गाउँपालिकाका नेपाली कांग्रेसकोे प्रत्यासि तथा क्षेत्र नं १ का क्षेत्रीय उपसभापति रामकुमार तामाङले माङ्खा उपस्वास्थ्य चौकीमा औसधि सहयोग , ४४ हजार थान माक्स बलेफी गाउँपाकिकाका सबै वडामा वितरण गर्नुका साथै आइसोलेसनमा बसेका बिरामीको लागि आवश्यक खाद्य सामाग्री समेत सहयोग गरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!