
सिन्धुपाल्चोक ।
सरकारले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।
आगामी आव २०७८ र ७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।
यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्ति लगायतमा खर्च हुने बताइएको छ। एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।
शैक्षिक पूर्वाधारको काम र विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ ।