
सिन्धुपाल्चोक ।
गाउँपालिका राष्ट्रिय महासंघले कोभिड–१९ विरुद्धको खोपको जतिसक्दो छीटो सुनिश्चितता गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।
महासंघका अध्यक्ष होम नारायण श्रेष्ठ र महासचिव बंशलाल तामाङले एक संयुक्त विज्ञप्ति जारी गर्दै स्थानिय तहमा अविलम्ब खोप उपलब्ध गराउन माग गरेका छन् ।
सरकारले खोपको लागी व्यवस्था गरेको अनलाइल फाराम भर्ने प्रक्रिया अत्यन्तै अव्यवहारिक भएको भन्दै महासंघले शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा खोपको समानुपातिक वितरण प्रणाली अवलम्वन गर्न अनुरोध गरेको छ । साथै महासंघले जनसंख्याका आधारमा स्थानियतहलाई खोप उपलब्ध गराई अभियान चलाउन समेत सरकारलाई सुझाव दिएको छ ।
“तिन तहकै सरकारले परिभाषित र क्षमताभित्र पर्ने जिम्मेवारि अनुसारका दायित्व जिम्मेवारिपुर्वक निर्वाहगरी यो महामारीबाट पार पाउन प्रभावकारी समन्वयकोलागी तिन तहकै सरकारमा हार्दिक अनुरोध र आव्हान गर्दछौं ।” विज्ञप्तिमा उल्लेख छ ।