नवलपुर, सिन्धुपाल्चोक ।

स्वास्थ्य नै धन हो भन्ने मान्यताका साथ इन्द्रावती गाउँपालिकाले आज गाउँपालिकाका वडाहरुमा अनुगमन गरेको छ । गाउँपालिकाले गाउँपालिकाको वडा नं ७,१०,११,१२ को आज अनुगमन गरेको हो ।

वडाको अनुगमन संगै स्वास्थ्य सामाग्री पनि बितरण गरिएको छ । मास्क, सेनिटाइजर, थर्मलगन लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

‟ संक्रमितको संख्या बुझ्न र वडालाई आवस्यक स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउनको लागी हामी वडा वडामा पुगेका हौँ” , गाउँपालिकाका अध्यक्ष बंसलाल तामाङले भने । इन्द्रावती गाउँपालिकामा संक्रमितको संख्या घट्दो क्रममा रहेको उनले बताए । ‟हामी निरन्तर संक्रमित संग सम्पर्कमा रहेका छौँ, अहिले संक्रमितको संख्या घटेको छ” उनले भने ।

हाल सम्म इन्द्रावती गाउँपालिकामा ६४३ जनाको कोभिड १९ परिक्षण गरिएको छ । हाल गाउँपालिकामा १९२ सक्रिय संक्रमित रहेका छन । ७४ जनाले कोभिड १९ जितेका छन । आज मात्रै ९ जनाले कोभिड १९ लाई परास्त गरेका हुन । इन्द्रावती गाउँपालिकाले वडा नं ७ मा बनाएको आइसोलेसनमा २ जना रहेका छन भने बाँकी होम आइसोलेसनमा रहेका छन ।

साथै कोरोना कहरको विचमा पनि ईन्द्रावती गाँउपालीकामा स्वास्थ्य सावधानी अपनाँउदै विकास निर्माको काम जारी रहेको छ । आज गाउँपालिकाको टोलीले वडा नं १०,११,१२ मा भइरहेको बिकास निर्माणका कामहरुको अनुगमन गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!