बाह्रबिसे, सिन्धुपाल्चोक ।

श्री शारदा मा.बि. बाह्रबिसे एसएलसी २०५९ ब्याच द्वारा कोभिड १९ को माहामारीबाट जिबिको पार्जनमा समस्या परेको बाह्रबिसे नगरपालिका वडा नं ५ सिगार्चेका ६६ बर्षिय मिन ब. बस्नेत र आमा बुबा दुबै नभएको कल्लेरीका सानो भाई (साजन थापा) लाई खाद्यान्न सहयोग गरिएको छ ।

बाह्रबिसे नगरपालिका वडा न ५ को स्थानिय जुझारू यूवा एबम् श्री संगम यूवा क्लबका अध्यक्ष श्री ईश्वर खत्री को बिशेष पहलमा खाद्यान्न सहयोग गरिएको हो ।

कोभिड १९ बाट प्रभावित भएका ब्यक्तिहरुलाई केहि राहात होस भन्ने उद्देश्यले उक्त कामको पहल गरिएको खत्रीले बताए । ‟हामीले बिषेश गरि बृद्ध बृद्धा र आमाबुवा नभएकाहरुलाई सहयोग गरेका छौँ” , उनले भने ।

यसैबिच श्री शारदा मा.बि. बाह्रबिसे एसएलसी २०५९ ब्याच द्वारा कोभिड १९ को रोकथाम र सतर्कताको लागी आज बाह्रबिसे नगरपालीका वडा नं. ५ स्थित कुखुरेमा स्थानिय श्री कुखुरे यूवा समाज मार्फत ४०० पिस सर्जिकल मास्क, ८० पिस सेनिटाईजर बितरण गरिएको छ ।

साथै कल्लेरीमा पनि स्थानिय श्री संगम यूवा क्लब मार्फत २०० पिस माक्स र ४० पिस सेनिटाईजर लगायत स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

त्यस्तै सिगार्चेमा पनि स्थानिय यूवा यज्ञ ब. बस्नेत मार्फत २०० पिस मास्क, २० पिस सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री बितरण भएको छ र कसेरीमा स्थानिय यूवा मृग तामाङ मार्फत ३०० पिस मास्क लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!