मेलम्ची, सिन्धुपाल्चोक ।

वडामा कोभिड १९ को महामारी भयावह रुपमा फैलिएकोमा मेलम्ची नगरपालिका वडा नं ८ का युवाहरुले चिन्ता ब्यक्त गरेका छन । कोभिड १९ रोकथाममा सरोकारवालाहरुको ध्यान कम गएकाले यस्तो अवस्था आएको उनिहरुको निष्कर्ष छ ।

मेलम्ची नगरपालिका वडा न ८ पुरीटोलमा कोभिड १९ परिक्षण गर्दा धेरै जनामा संक्रमण देखिएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका हुन । ४८ जनाको कोभिड परिक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएपछि उनिहरु चिन्तित भएका छन ।

वडाले बेलैमा सबैलाई सजग गराउन नसक्दा यो अवस्था आएको सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण लामाले बताए । ‟वडा लगायत सम्बन्धित निकायको ध्यान जान नसक्दा यो अवस्था आएको हो”, उनले भने । समुदायमा कोभिड १९ को महामारीले भयावह रुप लिएको र सबै जनालाई सजगता अपनाउन उनले आग्रह गरे ।

वडामा कोभिड १९ महामारीले भयावह रुप लिइरहँदा वडाबासी लाई सुरक्षित राख्नको लागी सिन्धु स्पाइडर युवा क्लबले सक्रियताका साथ कामहरु गरिरहेको छ । वडाको टोल टोलमा गएर उनिहरुले स्वास्थ्य सामाग्रीहरु बितरण गर्न शुरु गरेका छन । मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण भएको हो । साथै कोभिड १९ बाट धेरै जना संक्रमित देखिएको पुरी टोलमा गएर क्लबका अध्यक्ष अरुण लामाको टिमले साबधानिका उपायहरु पनि बताइरहेका छन ।

पुर्ब मन्त्री तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत, नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामा, नेपाली काँग्रेस जिल्ला कार्य समिती आर्थिक बिभाग प्रमुख सुनिल कुमार दोङ, क्षेत्रीय कार्य समिती सह सचिब तथा जिल्ला तरुणदल सचीव, जित ब थिङको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्रीहरु वडा बासिहरुमा बितरण गरिएको हो ।

आज मेलम्ची नगरपालिका ८ क्यौरानीमा कोरोनाका कारण १ जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका वडा न ८ घट्टेखोला निवासी ६८ वर्षिय पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!