बाह्रबिसे, सिन्धुपाल्चोक ।

क्षेमादेवी सिन्धु युवा सामाजिक अभियान बाह्रबिसे द्वारा कोभिड १९ निमन्त्रण तथा रोकथाममा महत्वपुर्ण भुमिका खेलेको छ । उक्त अभियान द्धारा बाह्रबिसे नगरपालिका वडा नं ४ को सम्पुर्ण घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।

क्षेमादेवी सिन्धु युवा सामाजिक अभियान ले बाह्रबिसे नगरपालिका वडा नं ४ अन्तरगर्तको साबिक बाह्रबिसे गाबिस वडा नं ५,६ र ७ का सम्पुर्ण घरधुरी लाई समावेश गरि प्रति घर १ पोका माक्स र १ बोटल सेनिट्राइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

अभियानका संयोजक अम्बर बहादुर श्रेष्ठ (उमेश ) लगायत सदस्य राजन पौडेल,हरीशरण श्रेस्ठ प्रदीप,रामशरण,शेखर भण्डारी,वडा सदस्य शान्ति बस्नेत र नेपाली कांग्रे्रेस केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री मोहन बहादुर बस्नेत द्धारा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो ।

साथै यस अभियानले उक्त वडाका ६० बर्ष भन्दा माथिका बृद्धबृद्धा तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई जिंक ट्याबलेट ,भिटामिन सि ट्याब्लेट, मल्टिभिटामिन ट्याब्लेट, साइरप लगायतका औषधीहरु बितरण गरेको अभियानका संयोजक अम्बर बहादुर श्रेष्ठ (उमेश ) ले जानकारी दिए ।

“स्वास्थ्यकर्मिको सल्लाह अनुसार आवश्यक औषधिहरू निशुल्क उपलब्ध गराइएको छ” उनले भने, “उक्त औषधि लिन माथिल्लो साविक ५ नं का व्यक्तिहरुले साबिक ६ को Ruth weirich clinic अंगेरीर पाखामा र साबिक ७ नं देखि माथिकाले क्षेमादेबि आधारभुत स्वास्थ्य चौकि ठाँडिचौर मा सम्पर्क गर्नुहोला ”।

 

हेर्नुहोस फोटोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!