
सिन्धुपाल्चोक ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले जनताको जिवन रक्षा पहिलो प्रथमिकतामा रहेको बताएका छन । हिजो मन्त्रीको सपथग्रहण गरे लगत्तै उनले उक्त कुरा बताएका हुन ।
“जुनसुकै तबर बाट भएपनि खोप ल्याएर जनताको जिबन रक्षा गर्नुपर्दछ त्यो हामी गर्छाैँ”,उनले भने ।
साथै उनले सबै नेपालीले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्ने कुरा लाई कार्यान्वयन गर्ने पनि जानकारी दिए । सबै नेपालीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त कसरी गर्न सकिन्छ त्यसको बिषयमा पनि छलफल गर्न उनले प्रतिबद्धता ब्यक्त गरेका छन ।
बिदेश बाट आउने औषधीको मुल्य धेरै हुने गरेको स्मरण गर्दै त्यसको मुल्य कसरी कम गर्ने भन्ने कुरामा पनि आफु लागिपर्ने र त्यसको लागी स्वास्थ्य क्षेत्रको ब्यक्तिहरु संग छलफल गर्ने उनले बताएका छन ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।
पुनर्गगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
मन्त्रीहरुको वरियतामा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारी सबैभन्दा अगाडि छन् । उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।