सिन्धुपाल्चोक ।

राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराको बिशेष पहलमा अक्सिजन सिलिन्डर हस्तान्तरण भएको छ । हिजो पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनी आइसोलेसनलाई ६ वटा, मानेखर्क आइसोलेसनलाई ६ वटा र धाप सामुदायिक स्वास्थ्य ईकाईलाई १ अक्सिजन सिलिण्डर हस्तान्तरण भएको हो ।

महामारीको यो अवस्थामा जनताको जिवन रक्षाको लागी उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण भएको राप्रपाका केन्द्रिय सदस्य उदय सापकोटाले जानकारी दिए । सापकोटा लगायतको टिमले उक्त सिलिन्डर हिजो वितरण भएको हो ।

यस्तै दुई ठुला अक्सिजन प्युरिफाई मेशिन अस्ति एयरपोर्ट बाट भन्सार क्लियर भएर मेशिन काठमाडौं आईपुगेको बताइएको छ । सो अक्सिजन प्युरिफाई मेशिन २ नं क्षेत्रको केन्द्र मेलम्ची र अर्को मेशिन चौतारा वा बाह्रविसे मध्य एक ठाँउ पारि जडान गर्ने निर्णय भएको समेत सापकोटाले जानकारी दिए ।

भोली आइतबार मेलम्चीमा सो अक्सिजन प्युरिफाई मेशिनको हस्तान्तरण गरिने राप्रपा सिन्धुपाल्चोकका क्षेत्र नं २ का क्षेत्रिय सभापती फडिन्द्र दाहालले बताएका छन । भुकम्प लगायतका बिपतिमा पनि राप्रपाले सिन्धुपाल्चोकमा अतुलनिय योगदान गरेको उनले बताए ।

यस कोरोना भाइरसको बिषम परिस्थितिमा सस्तो लोकप्रीयता नभइ समय सापेक्ष काम गर्नुपर्नेमा राप्रपा सिन्धुपाल्चोकको जोड छ । विज्ञापन भन्दा रोगले ग्रसित यो अवस्थामा जुटेर सामना गर्नुपर्ने उनिहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!