नवलपुर, सिन्धुपाल्चोक ।

नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा भईरहेको छ । सिन्धुपाल्चोकमा पनि निषेधाज्ञाबाट शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र पूर्ण रुपमा प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि जिल्लाभर निषेधाज्ञा जारी छ ।

सिन्धुपाल्चोकमा निषेधाज्ञाकै कारण कतिपय विकास निर्माणका कामहरु प्रभावित भएका छन् । तर ईन्द्रावती गाँउपालीकामा भने भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विकास निर्माणलाई निरन्तरता दिइएको छ ।

पालिकाभित्र सडक, खानेपानी, भवन, सिँचाइ, पदमार्ग, पुल, नदी नियन्त्रण लगायत पूर्वाधार आयोजनाको काम निरन्तर भईरहेको छ । खुल्ला ठाँउमा हुने पूर्वाधार विकासका काम भने रोकिएका छैनन् । आयोजनाका लागि निर्माण सामग्री र आवश्यक उपकरण अभाव नगराई काम भईरहेको गाँउपालिकाका अध्यक्ष वशंलाल तामाङले बताए ।

जेठ महिना लागेपछि वडा नम्बर १० मा सडक कालोपत्र गरिएको छ । पालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा छन् ।

सकेसम्म स्थानिय स्तरमा रहेका कामदारहरुको प्रयोग गरेर विकास निर्माणको कामलाई निरन्तरता दिईएको गाँउपालिकाका इन्जिनियर राजाराम घोरासैनीले बताए ।

गाँउपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, ईन्द्रावती बृहद खानेपानी आयोजनाको काम रोकिएको छैन् । १० वटा मध्ये कतिपय वडाहरुमा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट सडक, खानेपानी, भवन, सिँचाइ, पदमार्ग र नदी नियन्त्रण लगायत पूर्वाधार आयोजनाको काम सकिएको छ भने कतिपय वडामा भैरहेका छन् ।

गाउँ घरमा विकास निर्माणका नरोकिपछि निषेधाज्ञा जारी भएपनि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न तर काम गर्न सक्ने घर परिवारलाई खासै समस्या नपरेको वडा नम्बर ११ का वडा अध्यक्ष मने माझीले जानकारी दिए ।

विकास निर्माणमा भैरहेका योजनामा काम गर्ने मजदुरहरूमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । यस्ता निर्माण क्षेत्रमा काम गर्दा कोरोना भाईरसबाट जोगिन सामाजीक दुरी कायम गरी माक्सको प्रयोग उचीत रुपमा गर्न सकेमा कामलाई रोक्नु नपर्ने नवलपुर प्राथमिक अस्पतालका डाक्टर किपा श्रेष्ठले बताइन ।

यसरी स्वास्थ्य सावधानी अपनाएर काम गर्दा घर गाउँमा विकास निर्माण पनि समयमा सकिने नै भयो । अर्को कुरा काम गर्ने अन्य क्षेत्रहरू बन्द हुँदा समस्या परेका घरपरिवारलाई दैनिक घर खर्च चलाउन पनि सहयोग पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!