मेलम्ची, सिन्धुपाल्चोक ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबरा बाट आज मेलम्ची प्राथमिक स्वास्थ्य चौकि लाई २९ लाख ७३ हजार मुल्य पर्ने Hydrogen oxygen generator with nebulizer हस्तान्तरण भएको छ । सो हस्तान्तरण कार्यक्रममा अध्यक्ष पशुपति शम्शेर जबरा ZOOM Meeting मा सहभागी भई मेलम्ची प्रथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. आशिष श्रेष्ठ लाई सम्बोधन गरेका थिए ।

जुम मिटिङमा बोल्दै अध्यक्ष जबराले सिन्धुपाल्चोकको हरेक पालिकामा सकेको सहयोग गर्ने बताए । साथै भुकम्प लगायतका महामारीमा पनि आफुले जिल्लाबासी लाई सहयोग गरेको जानकारी गराए ।

कोरोनाले दिनानुदिन समुदायमा फैलिएर मानिसको ज्यान गइरहेको यो बिषम परिस्थितिमा उक्त मेसिनले धेरै राहात पुग्ने डा. आशिष श्रेष्ठले बिस्वास ब्यक्त गरेका छन । यस मेसिनले अक्सिजन उत्पादन गर्ने भएकाले बिरामीको लागी भेन्टिलेटरको समेत काम गर्ने उनले बताए । प्राकृतिक अक्सिजन लाई यस मेसिनले ग्रहण गर्नेछ र मेसिन मार्फत बिरामीलाई अक्सिजन दिइने छ । उक्त मेसिनले एकै पटकमा ८ जनालाई अक्सिजन दिन सक्ने बताइएको छ ।

राप्रपा सिन्धुपाल्चोकले कोभिड १९ बाट सुरक्षित रहनको लागी जिल्लाका बिभिन्न ठाउँमा स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै अक्सिजनको सिलिन्डरहरु पनि बितरण गर्दै आएको राप्रपा जिल्ला अध्यक्ष गोपाल नरसिंह श्रेष्ठले जानकारी दिए । ‟जिल्लामा अक्सिजनको खाँचो परिरहेको बेलामा जनतालाई राहात होस र कसैको पनि अक्सिजनको अभाबको कारण ज्यान नजाओस भनेर हामीले यो सहयोग गरेका हौँ, आवस्यकता अनुसार अन्य सकेको सहयोग पनि गर्दै जानेछौँ ”, उनले भने ।

उक्त उपकरणले विद्युत हुँदा २४ घण्टा सेवा प्रदान गर्न सक्ने र बिद्युत नहुँदा ३ घण्टा Hydrogen / Oxygen उत्पादन गरि कोभिड विरामी लाई नियमित सेवा दिन सक्ने छ । अत्याधुनिक उक्त उपकरण हस्तान्तरण कार्यक्रममा केन्दृय सदस्यहरु चलान बहादुर तामाङ, उदय सापकोटा, जिल्ला कमिटी परिवार, क्षेतृय सभापती फडिन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

राप्रपा जिल्ला कार्यसमिति र जिल्ला पदाधिकारीहरुको पहलमा उक्त मेसिन केन्द्र बाट आएको हो । भोली अर्काे मेसिन बाह्रबिसे लाई पनि प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!