सिन्धुपाल्चोक ।

नेपाली कांग्रेस खेलकुद विभागले राष्ट्रिय खेलकुद परिषदको हाताभित्र अक्सिजनसहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख मोहनबहादुर बस्नेतले सोमबार विज्ञप्ति जारी गरेर खेलाडी र प्रशिक्षकहरूलाई कोरोना संक्रमणबाट बचाउन तथा उपचारमा सहयोग पु¥याउने उदेश्यले उपचार केन्द्र बनाउन लागेको विज्ञप्तिमा जनाइएको छ ।

‘राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरूको मनोवल उच्च राख्न र थोरै भएपनि उपचार पद्धतिमा सहज बनाउने उदेश्यले खेलाडीहरूको आवश्यक्ता र खेलप्रेमीहरूको चाहनालाई ध्यानमा राखी नेपाली कांग्रेस खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त प्रयासमा त्रिपुरेश्वरस्थित खेलकुद परिषदकै हाताभित्र अक्सिजनसहित १० बेड राखेर कोरोना उपचार केन्द्र स्थापना गर खेलाडी र प्रशिक्षकहरूलाई सहयोग पु¥याउने काम यथाशीघ्र सञ्चालनमा ल्याइने कुरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु’, विभागका प्रमुख बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टोकियो २०२० ओलम्पिक छनौट भएका खेलाडी तथा प्रशिक्षकहरूको कोरोना बीमा पनि कांग्रेसको खेलकुद विभागले गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!