सिन्धुपाल्चोक ।


सिन्धुपाल्चोकमा आज एकै दिन तीन सय ८९ जना कोरोनामुक्त भएका छन् । यो जिल्लामा एकैदिन निको हुने सबैभन्दा धेरै संख्या हो ।

स्वास्थ्य कार्यालय, चौताराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइका अनुसार एक सय ४६ महिला र दुई सय ४३ पुरुष कोरोना मुक्त भएका हुन् । उनका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका मात्रै सबैभन्दा धेरै एक सय ५७ जना कोरोना मुक्त भएका छन् ।

जसमध्ये ६० महिला र ९७ पुरुष रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार ९५ रहेका छन् ।
जिल्लामा जम्मा कोरोना संक्रमितको संख्या चार हजार दुइ सय ९२ पुग्दा दोस्रो भेरियण्टको मात्रै तीन हजार तीन सय ४६ रहेको छ ।

आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र २९ पुरुष रहेका छन । यो संगै जिल्लामा २७ जनाको मृत्यु भएकोमा हाल दुइ हजार दुइ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!