
सिन्धुप्रेस, भोटेकोशी ।
नेपाल चिन उधोग बाणिज्य संघ, सिन्धुपाल्चोक शाखाद्वारा भोटेकोशी गाउपालिकाको पाँच वटै वडामा स्वास्थ्य सामाग्री बितरण भएको छ ।
गाउँपालिकाको पाँच वटै वडाको हेल्थपोस्ट, हेल्थ डेक्स, सिमा प्रहरी चौकी, इलाका प्रहरी चौकी साथै ससस्त्र प्रहरी र नेपाल प्रहरीका बिभिन्न सुरक्षा चेक पोस्टहरुमा कोरोना भाईरस संक्रमण रोकथामको लागी स्वास्थ्य सामाग्री बितरण गरिएको नेपाल चिन उधोग बाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।
सम्बन्धित स्थानमै गएर अध्यक्ष शेर्पा र पदाधिकारीहरुले उक्त स्वास्थ्य सामाग्री बितरण गरेका हुन । बितरण गरिएका स्वास्थ्य सामाग्रीहरु २०,००० थान माक्स, सेनिटाईजर, ग्लोभ्स, थर्मल गन रहेका छन ।
स्वास्थ्य सामाग्रीहरु थोरै भएपनि कोरोना भाइरस रोकथामका लागी उपयोगी हुने शेर्पाले जानकारी दिए ।