सिन्धुप्रेस, रसुवा ।

नेपाल हिमालय सीमापार बाणिज्य संघले रसुवाका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आज (शुक्रबार) नेपाल हिमालय सीमापार वाणिज्य संघको तर्फबाट यस संस्थाका सदस्य रसुवा जिल्ला लाङटाङ निवासी छिरिङ फिन्जो लोप्चन मार्फत जिल्ला प्रशासन कार्यालय रसुवामा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

संघले रसुवाका सहायक जिल्ला अधिकारी दुर्गा थापालाई कोरोना रोकथामका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

संघले सर्जिकल मास्क ३० हजार, एन नाइन्टी फाइभ मास्क २ हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेस सिल्ड २ सय १० थान, सन ग्लास २० सेट र चस्मा २० थान हस्तान्तरण गरेको हो ।

रसुवामा कोरोनाको नयाँ भेरियण्ट सुरु भएपछि संक्रमितको संख्या बढेको र थप नियन्त्तणका लागि सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!