
सिन्धुप्रेस, तालामाराङ
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ तालामाराङ स्वास्थ्यचौकी लाई नेपाली कांग्रेस तालामाराङले स्वास्थ्यसामाग्री सहयोग गरेको छ।
मेलम्ची नगरपालिका ६ का कांग्रेसका वडा सभापति प्रेम तामाङको पहलमा अक्सिजन सिलिन्डर ५ थान फोल्डिङ प्यासेन्ट बेड ५ थान ,पिपिइसेट ५ थान सर्जिकल मास्क २०० पिस र सेनिटाइजर हिजो तालामाराङ स्वास्थ्यचौकीको प्राङ्गणमामा स्वास्थ्यचौकी का प्रमुख धनिकलाल राय लाई हस्तान्तरण गरिएको हो।
स्वास्थ्यसामाग्री हस्तान्तरण कार्यक्रममा कांग्रेसका नगरसभापती मधुसुदन सिग्देल र वडाकार्यसमितिको उपस्थिति थियो।
वडासभापती तामाङ ले स्वास्थ्यचौकी मा स्वास्थ्यसामाग्री अभाव भएको देखेपछी त्यसको पुर्तिको लागि आफुले सक्दो सहयोग गरेको बताए।
तामाङ स्थानीय निकाय को निर्वाचनमा कांग्रेस बाट यसै वडामा उम्मेदवार बनेका थिए।